२८ जेठ काठमाडौं । नेकपा (एमाले)ले जेठ ३० गते सोमबार सचिवालय बैठक बोलाएको छ ।
बैठक एमाले मुख्यालय ललितपुरस्थित च्यासलमा बसीरहेको छ । बैठकमा चुनावी समिक्षा लगायतका विषयमा छलफलमा हुँदैछ ।
सचिवालयमा एमालेका सबै पदाधिकारी रहन्छन् । सचिवालय बैठकको तयारीका लागि जेठ २९ गते केन्द्रीय कार्यालय बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिनुभयो । एमालेको केन्द्रीय कार्यालमा महासचिव, उपमहासचिव र सचिव रहन्छन् ।







