Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय अनलाईन पत्रकार संघमा आबद्ध पत्रकारलाई ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने

२९ जेठ काठमाडौं । पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको छ ।

संझौतामा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)मा आबद्ध भएका अनलाईन मिडिया तथा पत्रकार हरुलाई ॐ समाज हस्पिटल को केही सुबिधा बाहेक सबै सुबिधामा विस प्रतिशत छुट दिने सहमति भएको हो ।

यो बाहेक अन्य सुबिधामा समेत हस्पिटलले नोजाले सिफारिस गरेका पत्रकारहरुको कमजोर आर्थिक अवस्था भएकाको लागि निशुल्क उपचार गर्ने गरि र नोजाको सिफारिसमा हरेक उपचारमा २० प्रतिशत छुट को ब्यबस्था गर्न तयार रहेको हस्पिटलका अध्यक्ष डा.शुवास घिमिरे ले बताउनु भएको छ ।

संझौतामा ॐ समाज हस्पिटल ले दिने बिज्ञापन मा नोजामा आवद्ध मिडियाहरुले पचास प्रतिशत छुट दिने ब्यबस्था गरिएको छ ।

नोजाका अध्यक्ष मुकुन्द ढुंगाना र हस्पिटलका अध्यक्ष डा.शुवास घिमिरे द्वारा हस्ताक्षर गरिएको संझौता पत्र ले अनलाईन पत्रकारीता गरीरहेका पत्रकार हरुलाई ठूलो सहयोग पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले बताउनु भयो।

नोजाले हस्पिटल को सामाजिक कार्यक्रम मा सहकार्य गर्ने र प्रचार प्रसार गर्ने भएपछी हस्पिटल को पनि जन संबन्ध बढ्ने बिश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै