Comments Add Comment

Advertisment

SKIP THIS

मिस नेपाल वर्ल्ड प्रियंका भन्छिन्, ‘मिस वर्ल्डको ताज नेपाल ल्याउन सक्दो कोशिश गर्नेछु’

६ असार , काठमाडौं । नेपालको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल वर्ल्ड २०२२’ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौं वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्म घरमा भित्र्याएका हुन् ।

सेतो रंगको गाडीमा राष्ट्रिय झन्डा फहराउँदै आएकी प्रियंकालाई गहृ प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले खादा लगाएर स्वागत गरेका थिए । त्यसपछि सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानी गर्दै प्रियंकाले मिस नेपाल जिताउनका लागि आफूलाई भोट गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने पनि बताइन् ।

‘म हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै प्रयास बाँकी राख्ने छैन,’ उनले आफ्नो भविष्यको योजनाबारे पनि भनेकी छन्, ‘अबको तयारी मिस वर्ल्डको छ । यसका लागि जुटेरै लागिपर्नेछु र मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोशिश गर्नेछु ।’ उनले मिस नेपाल वर्ल्ड बन्न वर्षौँदेखि बुनिरहेको सपना साकार हुँदा त्यसलाई व्यक्त गर्नका लागि आफूसँग शब्द नै नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै