Comments Add Comment

Advertisment

SKIP THIS

पपस्टार बियोन्सेको गीतले अमेरिकामा तरंग

८ असार , काठमाडौं । अमेरिकी पपस्टार बियोन्सेको नयाँ गीत ‘ब्रेक माइ सोल’ रिलिज भएपछि अमेरिकामा तरंग भएको छ ।

मंगलबार राति रिलिज भएको ‘रेनसा’ एल्बममा संग्रहित उक्त गीतले महामारीले जागिर गुमाएपछि अमेरिकी नागरिकमा चुलिएको आक्रोशलाई प्रस्तुत गर्छ । राष्ट्रपति जो बाइडेन प्रशासनले नयाँ जागिर सिर्जना गर्न चुनौती खेपिरहेको छ ।

बियोन्सेको सो गीतको शब्दमा समेत श्रमिकको पीडा प्रस्तुत छ । यो समस्या अमेरिकी श्रमिकको मात्र होइन, नेपालसहित तेस्रो मुलुकबाट अमेरिकी सपना बोकेर पुगेका श्रमिकको समेत हो । गीतले नेपाली कामदार र समुदायको दर्दलाई पनि व्यक्त गरेको छ ।

बियोन्सेले पति तथा र्‍यापर जे जेडसँग मिलेर गीत लेखेकी हुन् । यो गीतलाई लिएर संसारका प्रतिष्ठित मिडिया आउटलेटले पनि बहस चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै