८ असार , काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् ।
निर्देशक लक्ष्मण पौडेलका अनुसार वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ ।
डेढ सय जनाबाट पनि ६४ जना प्रतिस्पर्धी छानिनेछन् अनि प्रतियोगिता सुरु हुने गर्ने तयारी छ । आगामी एक महिनामा ब्लाइन्ड अडिसन सुरु हुने छ । साउन पहिलो सातादेखि सिजन ४ को प्रसारण सुरु हुने भएको छ । शोका चार जना कोचमध्ये केही हेरफेर गर्ने तयारी छ ।






