Comments Add Comment

Advertisment

SKIP THIS

भीम रावलले गरे इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा

८ असार , काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेका छन् । आज राज्यका निर्देशक,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

‘जबसम्म राज्यले इम्बोस्ड नम्बरसँग सम्बन्धित उठेका सबै विषयको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान गर्दिनँ,’ रावलले भने, ‘जति वर्ष जेल हाल्छ हालोस् ।’ उनले इम्बोस्ड नम्बर प्लेटमा गुणस्तर समेत नभएको र घोटालाको गन्ध आएकाले यो जडान नगर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै