Comments Add Comment

Advertisment

SKIP THIS

चिसो मान्छे नेपाली चलचित्र उद्योगकै विशेष सिनेमा हो : सुरक्षा पन्त

९ असार , काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले ‘चिसो मान्छे’ नेपाली चलचित्र उद्योगकै विशेष सिनेमा रहेको सुरक्षाको बताएकी छन् ।

अभिनेत्री पन्तले सामाजिक संजाल फेसबुकमा लेख्दै चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्रस्तुतिले सवल चलचित्र बनेको बताएकी छन् ।

‘चिसो मान्छे’ नेपाली चलचित्र उद्योगकै विशेष सिनेमा रहेको सुरक्षाको भनाइ छ । उनले लेखेकी छन्, “यस्तो कथा बुनेर आफूलाई जुन दर्जाको निर्देशक भनेर प्रष्ट पार्नुभएको छ दीपेन्द्र के खानलले त्यो कसैले टिकाटिप्पणी गर्दैमा हराउनेवाला छैन, “अर्पण थापा र स्वस्तिमा खड्कालाई छड्के सलाम दिन चाहन्छु, यो सुनसान कला यात्रामा यति धेरै मिठास भर्नु भएकोमा ।”

उनी अगाडि लेख्छिन्, “महामारीमा हामीले चिसो मान्छेलाई नजिक राख्न सकेनौं । मैले पनि सिनेमा हेरुन्जेल चिसो मान्छेलाई बेवास्ता नै गरेँ । कथा त्यही बेवास्ताको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै