१२ असार , काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकामा पर्ने एक जंगलमा महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नलगाड नगरपालिका–१ की ४२ वर्षीया भगवती शाही घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको हो ।
शव सडेको र गन्हाउने अवस्थामा रहेको छ । आज बिहान भीरबाट शव निकालेर अस्पताल ल्याएका र प्रारम्भिक अनुसन्धान सुरू गरेका प्रहरीले जनाएको छ ।


