Comments Add Comment

Advertisment

SKIP THIS

करणी तथा आत्महत्याका घटना बढेको तथ्यांक सार्वजनिक

१३ साउन ,काठमाडौ । नेपाल प्रहरीको तथ्यांकले वर्षेनी जबरजस्ती करणी तथा आत्महत्याका घटना बढेको देखाएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार गरेको कार्यक्रममा करणी, आत्महत्या जस्ता आपराधिक क्रियाकलाप वर्षेनी बढ्ने गरेको तथ्यांक सार्वजनिक गरिएको हो ।

गत वर्ष भन्दा यो वर्ष मात्रै १४ प्रतिशतले आत्महत्याका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । यसरी विगत चार वर्षदेखि नै आत्महत्या गर्ने मानिसहरुको संख्या बढ्दै गएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार ३१७ जनाले आत्महत्या गरी ज्यान गुमाएका थिए भने आ।व २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेकै कारण ज्यान गुमाएको प्रहरीको तथ्यांकले देखाएको छ । यो संख्या आ।व २०७४/०७५ को भन्दा ८.२१ प्रतिशतले धेरै हो ।

त्यस्तै आ।व। ०७६/०७७ मा ६ हजार २४१ जना र आ।व २०७७/०७८ मा ७ हजार ११७ जना मानिसहरुले विभिन्न कारण आत्महत्या गरी ज्यान गुमाएका छन् । यो संख्या आ।व ०७६/०७७ भन्दा १४ प्रतिशतले धरै हो । दैनिक औसत रुपमा १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरिक्षक बसन्तबहादुर कुँवरले बताए ।

कुँवरका अनुसार आ।व २०७७/०७८ मा आत्महत्या गरि ज्यान गुमाउने ७ हजार ११७ जना मध्ये ५ हजार ७२० जनाले झुन्डिएर आत्महत्या गरेका हनु भने विष सेवन गरेर १ हजार २७६ जना, हाम फालेर ४६ जना, पानीमा हाम फालेर डुबेर ३६ जना,आगो लगाएर १९ र हातहतियार प्रयोग गरेर १८ र करेन्ट लगाएर २ जनाले आत्महत्या गरि ज्यान गुमाएका हुन् ।

जबरजस्ती करणीका घटना पनि बढ्दै

बालबालिका तथा महिलाहरुमाथि हुने जवरजस्ती करणीका घटनाहरु पनि वर्षेनी बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २ हजार २३० वटा जवरजस्ती करणीका घटना घटेको छन् ।

प्रवक्ता कुँवरका अनुसार उक्त आ।व २०७६र०७७ मा घटेर २ हजार १४४ पुगेको थियो । पुनः उक्त घटना बढेर आ।व २०७७/०७८ मा २ हजार ५३४ पुगेको छ । यो संख्या आ.व २०७६/०७७ भन्दा १८ प्रतिशतले धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै