Comments Add Comment

Advertisment

SKIP THIS

१८ बोरा भुसभित्र १५० किलो गाँजा

१५ असार , काठमाडौं । बाँके जिल्ला मातहतको ईप्रका भगवानपुर प्रहरीले मंंगलबार छापा मारेर १५० किलो गाँजा बरामद गरी उक्त अवैध कारोबारमा संलग्न दुई जनालाई पक्राउ समेत गरेको छ ।

मंगलबार दिउँसो प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा खटिएको २० जना प्रहरीको टोलीले जिल्लाको नरैनापुर गाउँपालिका–६, चौबिसे बिगाह दोन्द्रा गरी दुई स्थानमा छापामारी गरी ठुलो परिमाणमा गाँजा बरामद गरेको हो । पक्राउ पर्नेमा ५० वर्षीया अनिता मौर्य र ३१ वर्षीय पारस मौर्य छन् ।

सो स्थानका चार वटा घरमा छापा मार्दा १८ वटा बोरामा भुसभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको थियो । घटनामा दुई जना फरार रहेको प्रहरी निरीक्षक सुनारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै