Comments Add Comment

Advertisment

SKIP THIS

कर्णालीमा चलचित्र कार्यशाला सुरु

१६ असार , काठमाडौं । कर्णाली प्रदेशमा पहिलो पटक केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजना ‘कर्णाली चलचित्र कार्यशाला–२०७९’ सुरु भएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘एक्सन कट’ भन्दै निर्देशन उद्घाटन गरेको कार्यशालामा २० जना फिल्मकर्मीको सिकाई जारी छ। ‘कर्णालीलाई हेर्ने नजर अब परिवर्तन गरौँ । किनकि कर्णाली हरेक दृष्टिकोणले धनी छ’ मुख्य मन्त्री शाहीले भने। यो कार्यशालामा सहभागी भएकाहरूले कर्णालीको जन जीवन र यहाँको संस्कृतिलाई सिनेमामा उतार्ने विश्वास मुख्यमन्त्री शाहीले व्यक्त गरे ।

यो कार्यशालामा कर्णालीबासीले उत्साहका साथ चलचित्र सिकिरहेको कार्यशालाको स्थानीय संयोजन हरि बिष्टले बताएका छन् । उनीहरू फिल्ममा आउने बिष्टको विश्वास छ । १४ असारबाट सुरु भएको यो कार्यशाला १९ असारसम्म एक साता चल्ने छ । कार्यशालामा यती बेला चलचित्र निर्माण अन्तर्गत अभिनय, छायाँकन, सम्पादन, चलचित्र लेखन, निर्माण र चलचित्र निर्देशन सम्बन्धी सम्बन्धी प्रशिक्षण चलिरहेको छ ।

जस अन्तर्गत कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय, बिष्णु कल्पितले छायाँकन, प्रितम पाण्डेले सम्पादन, शिवम अधिकारीले चलचित्र लेखन र डब्बु क्षत्रीले फिल्म प्रोडक्सन तथा निर्देशनको प्रशिक्षण दिइरहेका छन् ।

यस्तै अग्रज चलचित्र निर्देशक तथा अभिनेता नीर शाहले यो कार्यशालामा आफ्नो अनुभव आदान प्रदान सहितको मास्टर क्लास लिने यस कार्यक्रमका संयोजक राजु केसीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै