Comments Add Comment

Advertisment

SKIP THIS

स्वतन्त्र उम्मेदवार बन्न यस्ता छन् मापदण्ड

१८ असार , काठमाडौं । सांसदको स्वतन्त्र उम्मेदवार बन्न स्नातक तह उत्तिर्ण हुनुपर्ने मापदण्ड अघि सारिएको छ । शनिबार बसेको ‘स्वतन्त्र उम्मेदवारी अभियान’को विशेष भेलाले यस्तो मापदण्ड अघि सारेको हो ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार सुरु भएको भेलाले आगामी संसदीय निर्वाचनका लागि मापदण्ड र रणनीति तय गर्नेगरी छलफल थालेको हो ।

भेलाले संसदीय तथा प्रदेश चुनावमा उम्मेदवार हुनका लागि स्नातक तह पास भएको र ६८ वर्ष नाघेको हुनुपर्ने मापदण्ड तय गरेको छ । यस्तै, प्रत्यक्षतर्फ निर्वाचन लड्ने स्वतन्त्र व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ ।

साथै, सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्ने, उसमाथि कुनैपनि चारित्रिक दाग लागेको हुनु नहुने र उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्टसमेत सार्वजनिक गरिएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुन नहुने पनि मापदण्डमा उल्लेख छ । ‘निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ,’ मापदण्डमा भनिएको छ, ‘विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै