Comments Add Comment

Advertisment

SKIP THIS

एसपी काफ्ले र प्रहरी निरीक्षक केसीको सक्रियतामा चोरीको ९ वटा बाईकसहित १२ जना गिरोह पक्राउ

१८ असार , काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ। शुक्रबार गएराती वडा प्रहरी कार्यालय बुटवल जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको सयुक्त प्रहरी टोलीले गरेको अप्रेसनमा १२ जना चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

मोटरसाइकल चोरी गर्ने गिरोहहरुले बुटवलका विभिन्न बजार क्षेत्रबाट ९ वटा मोटरसाइकल चोरी गरेर दाङको गढवामा राखेको भन्ने गोप्य सूचना प्राप्तको आधारमा सयुक्त प्रहरी टोलीले अप्रेसन नै चलाएर पक्राउ गर्न सफल भएको दाङका प्रहरी प्रमुख एसपी काफ्लेले बताए ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १८ का क्यानोन क्षेत्री, वर्ष १९ का करण बस्नेत, वर्ष १८ का बरुण कुमाल, वर्ष १८ को आनन्द परियार, वर्ष १७ को नसिम धुनिया, वर्ष १८ का आरएन सिंह ठकुरी, वर्ष १८ का शिवम यादव, वर्ष १८ का लक्षमण विष्ट, वडा नम्बर ५ बस्ने वर्ष ४४ का गोपाल चौधरी, वर्ष १९ का ओसिम पठान, राप्ती गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का शुभास चौधरी र लमही नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष को घनश्याम चौधरी रहेका छन ।

उनिहरुलाई आवश्यक कारबाहीका लागि बुटवल पठाइएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक रन्जु केसीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै