Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्रीय समितिमा प्रचण्डका छोरी-ज्वाइँ पनि

२० असार , काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाइँ अटाउन सफल भएका छन्।

आइतबारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य अटाउन सफल भएका हुन ।

सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्बरमा ज्वाइँ आचार्य उल्लेख गरेर थप केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। प्रचण्डका भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रीय समितिमा अटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै