Comments Add Comment

Advertisment

SKIP THIS

अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

२९ पुष , काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जना बिहीबार पक्राउ परेका छन् । ट्राफिक प्रहरी वृत्त कमलपोखरीबाट प्रहरी निरीक्षक सागर घलेको कमाण्डमा खटिएको टोलिले काठमाडौँको बौद्ध दक्षिणढोका स्थित नेपाल ड्राइभिङ ट्रायल सेन्टरबाट हुम्ला घर भइ हाल काठमाडौँको मण्डिखाटार बस्ने २२ वर्षीय महेश शाहीलाई पक्राउ गरेको हो । हुम्लाकै २४ वर्षीय पवन कुमार शाहीको नाममा दुईपाङग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा फेला पारी महेशलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । यसका साथै अर्कै व्यक्तिले ,परिक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकोले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै