Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसीका विषयमा चुनावपछि मात्रै छलफल गरौंला : प्रचण्ड

२३ असार , काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका विषयमा प्रदेश र संघको चुनावपछि मात्रै छलफल हुने बताएका छन् । केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा प्रचण्डले प्रदेश र संघको चुनावपछि गम्भीर छलफल हुने बताएका हुन् ।

एमसीसी १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट हुने क्रममा नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ लगायतका नेताहरुले प्रश्न उठाएका थिए । पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै प्रचण्डले असहमतिलाई बैठकमा दर्ज गर्दै केन्द्रीय समिति बैठकमा छलफल हुने बताएका थिए । तर बिहीबारको बैठकमा जवाफ दिँदै प्रचण्डले चुनाव गर्ने समय नजिकिँदै आएकाले चुनावपछि मात्रै छलफल गर्नुपर्ने बताए ।

‘अब प्रदेश र संघीय चुनाव आउने बेला भयो । त्यसपछि पार्टीको विशेष महाधिवेशन गर्ने भनेका छौ’ प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘एमसीसीका विषयमा त्यतिबेला उपयुक्त समयमा छलफल गरेर किनारा लगाउँला ।’

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्दा राष्ट्रघाती निर्णय नभएको प्रचण्डले प्रष्टिकरण दिएका छन् । ‘ एमसीसीमा राष्ट्रघात भएको छैन । व्याख्यात्मक घोषणा ठीक छ । एसपीपी पनि नगरिने भनिएको छ। यी सबै विषयमा चुनावपछि छलफल हुनसक्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै