प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदीप गिरीले १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुखको कमाण्ड सम्हालेका छन् ।
सुदीप गिरी केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए । यस अघि प्रदेश प्रहरी प्रमुख रहेका अरुण कुमार वि सि एआईजीमा बढुवा भएपछि प्रदेश प्रहरी प्रमुख पद रिक्त रहेको थियो । रिक्त रहेको प्रदेश प्रहरी प्रमुख पदमा डीआईजी गिरीलाई पदस्थापन गरिएको हो ।
डीआईजी सुदीप गिरी विराटनगर पुगेर आज देखि प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेका हुन् । डीआईजी गिरीलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।








