Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुग्यो

२५ असार , काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीवार तीन जनामा हैजा देखिएसगै थप पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक काठमाडौँको कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ ।

परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुनसक्ने भएकाले सचेत रहन मन्त्रालयले जनाएको छ । खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन समेत आग्रह गरिएको छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै