Comments Add Comment

Advertisment

SKIP THIS

‘नेपाल-चीन लगानी सम्मेलनका लागि’ पहल गर्न नयाँ राजदूत तयार

२५ असार , काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ। कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो आग्रह गरिएको हो।

‘महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौं’, कार्यवाहक अध्यक्ष ढकालले भन्नुभयो। नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्न आवश्यक रहेकोमा पनि उहाँको विशेष जोड थियो। कोभिड पछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनियाँ लगानी ल्याउने कार्यमा हाम्रो कूटनीति सक्रिय रुपमा लाग्नुपर्ने उहाँको सुझाव थियो।

कार्यवाहक अध्यक्ष ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवद्र्धन गर्ने कार्यमा र नेपालमा चिनियाँ पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताउनुभयो। कार्यवाहक अध्यक्ष ढकालले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषदबीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा पनि जोड दिनुभयो।

महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन १९९६ मा स्थापित नेपाल चीन गैरसरकारी सहयोग मञ्चमार्फत समेत दुई देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, सीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कूटनीतिक तवरबाट पनि सहयोग हुनुपर्नेमा उहाँको जोड थियो।

सो अवसरमा राजदूत श्रेष्ठले महासंघबाट आएका सुझावलाई आफूले प्राथमिकताका साथ अगाडि लैजाने विश्वास दिलाउनुभयो। उहाँले कृषि क्षेत्रको विकासको लागि सहकार्य गर्न चिनियाँ प्रविधि तथा लगानी भित्र्याउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकताको एक पक्ष रहेको पनि सुनाउनुभयो।

साथै उहाँले नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसँग आर्थिक व्यावसायिक सम्बन्ध गाँस्ने रणनीति सहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना रहेको बताउनुभयो।

नेपालखबर अनलाइनका अनुसार सो भेटवार्तामा महासंघका पूर्वअध्यक्ष एवं नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चका सहसभापति विनोद बहादुर श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, महासंघका महानिर्देशक गोकर्ण राज अवस्थी र उपनिर्देशक अरुण श्रेष्ठको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै