Comments Add Comment

Advertisment

SKIP THIS

नेताका नाममा खुलेका ट्रस्टबाट ब्रह्मलुट भइरहेको छ : धनराज गुरुङ

२६ असार , काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रस्ट र फाउन्डेसनका नाममा राज्य कोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको बताएका हुन् ।

श्रीलंकामा भएको घटनासँग जोड्दै उपसभापति गुरुङले नेताका नाममा खुलेका ट्रस्टमा बजेट लगानी गर्ने काम अहिल्यैबाट छोड्नु पर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितिको बैठकमा भनेको थिएँ-नेताहरुको नाममा खोलेको ट्रस्ट/फाउन्डेसनहरुमा राज्य कोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको छ । यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’

तर त्यसयता पनि त्यस्तो प्रवृत्ति बढ्दो रहेको उनको दाबी छ । उनले श्रीलंकामा भएको घटनाबाट अचेत नेताहरुको चेत खुल्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै