३० असार , काठमाडौँ । विराटनगरस्थित नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको प्रहरीले जानकारी दिएकाे छ ।
आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेर नष्ट भएकाे छ । आगो नियन्त्रणमा आएकाे प्रहरीले बताएकाे छ । आगोले प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।



