Comments Add Comment

Advertisment

SKIP THIS

अपाङ्गता भएकालाई मतदाता परिचय-पत्र वितरण गर्न सघाउदै नेत्रहिन युवासंघ

३१ असार , काठमाडौं । (सागर थापा) नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी संघीयसभा निर्वाचन र प्रदेश सभा निर्वाचनलाइ लक्षित गरेर अपाङ्गता भएका व्याक्तिहरुको मतदाता परिचय पत्र वितरणमा सहजीकरण गरेको छ । विहिवार जिल्ला निर्वाचन कार्यालय भैरहवामा ४५ जनाको मतदाता परिचय पत्र वितरणको लागि सहजीकरण गरिएको हो ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा जिल्लामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुलाई जिल्ला निर्वाचन कार्यालसम्म्म लगेर मतदाता परिचय पत्रको लागि सहजीकरण गरिएको अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।

उनका अनुसार परिचय पत्र प्राप्त गर्ने ४५ जना व्याक्तिहरुमा पुर्ण अपाङ्गता भएका व्याक्ति , पुर्ण दृष्टिविहिन, न्युन दृष्टिविहिन, शाररिक, सुनाई सम्बन्धी अपाङ्गता, श्रवणदृष्टिविहिनता भएका व्याक्तिहरु रहेका छन् । मतदाता परिचय पत्र वितरणको लागि नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका प्रोमेटर लक्ष्मी जिसी, कोषाध्यक्ष कमला पौडेल सदस्य गंगा भुषाल लगायतको सहभागीतारहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै