Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी बज्राचार्यद्वारा मकवानपुर जिल्लाको कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन

३१ असार , काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त निरिक्षण गर्नुभएको हो ।

निरीक्षण पश्चात मकवानपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक बज्राचार्यले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले डिआईजी बज्राचार्यले समक्ष जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन,भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै