Comments Add Comment

Advertisment

SKIP THIS

कालो धनलाई सेतो बनाउन गभर्नर हटाउन लागिएको हो : पोखरेल

१ श्रावण , काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवाञ्छित आरोप लगाएर हटाउन खोजेको आरोप लगाएका छन्।

पोखरामा आइतबार पत्रकारहरूसँग उनले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्रोत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो । त्यसपछि हुन्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो । त्यही कालो धनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो ।’ उनले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधविरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गरे ।

एमालेको अर्थ विभागमा उनै गभर्नर अधिकारीलाई राखिएको पत्रकारको प्रश्नमा उनले गलत हल्ला फैलाइएको दाबी गरे। ‘राजधानीमा फेक न्युजका कारखाना छन् । तीनले प्रायोजित समाचार लेखेका छन्, त्यसको प्रभाव यहाँ पनि परेको छ,’ उनले भने, ‘एमालेले आधिकारिक धारणा ल्याइसक्यो । वक्तव्य जारी गरिसकेपछि आधिकारिक कुरा त्यही हो ।’

उनले विराटनगरका मनोज अधिकारी नै एम अधिकारी भएको दाबी गरे । तर अधिकारीले भने आफूलाई विभागमा राखिएको जानकारी नभएको बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै