२ श्रावण , काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीको निरीक्षण तथा भ्रमण गर्नु भएको छ। निरिक्षणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु र जिल्ला मातहत रहेका युनिट ईलाका प्रहरी कार्यलय महेशपुर , ईलाका प्रहरी कार्यलय बेलाटारी ,ईलाका प्रहरी कार्यलय बर्दघाट समेत निरीक्षण गर्नु भैइ कार्यरत प्रहरी अधिकृत तथा जवानहरू लाई निर्देशन दिनु भएको थियो।

निर्देशनको क्रममा डिआइजी उपाध्यायले प्रहरी अनुशासित र इमानदारी भैइ दुरुस्त प्रहरी पोशाक लगाइ आम नागरिकहरु सङ सदैव शिष्ट र सभ्य ब्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्राबिधिमैत्री ,प्रमाण र परिणाममुखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्दाहरुलाइ प्राथमिकतामा राखी कार्य गर्न निर्देशन दिनु भयो ।

प्रहरीले पाएको व्यवस्थित भवनको साथै असभावका समानहरुको हिफाजत गरि प्रयोग गर्न ,सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाइ विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरि नागरिक र प्रहरीको सम्बन्ध सुमधुर बनाउन ,प्रहरीको सक्रियता बढाइ शान्ती सुरक्षामा खलल पुग्ने गतिविधि तत्काल नियन्त्रण गर्न,प्राकृतिक स्रोत साधनको अबैध दोहन रोक्न र सिमा नाका खुल्ला भएको हुदा तस्करी चुहावट नियन्त्रण गर्न अहोरात्र खटी तस्करी चुहावट शून्य अवस्थामा पार्ने र सवारी दुर्घटना न्यूनीकरणको लागि प्रभावकारी चेकिङ गर्न निर्देशन दिनु भयो।

सोही क्रममा अगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षाका योजनाहरु तयार गरि सोही अनुसार प्रहरी कार्यलाइ तिब्रता दिन समेत निर्देशन दिनु भयो।


