२ श्रावण , काठमाडौं । ग्रीष्म ऋतु सँगसँगै उत्तर तिब्बतको पशुपालन क्षेत्रमा वर्षभरिको सबैभन्दा व्यस्त समय आएको छ। हाल तिब्बती ना छ्यु सहरको त्व मा बस्तीमा भेडाको दुध दुहुँदै छ। उक्त क्षेत्रमा यो दुध उत्पादनको मौसम हो।
पशुपालकले सुव्यवस्थित रूपमा काम गर्न भेडालाई डोरीले बाँधेर राखेका छन्। जसबाट दुध दुहुने काम सजिलो भएको छ। दुध दुहुने काम सकिएपछि पशुपालकले दुधबाट दैनिक आवश्यक दही र अरू मीठा परिकार बनाउने छन्।



