Comments Add Comment

Advertisment

SKIP THIS

चीनको पहिलो वंश- स्या वंश

४ साउन , काठमाडौँ । चीनको इतिहासमा स्या वंश चीनको पहिलो शासक वंश हो। यस वंशले चीनमा इशापूर्व एक्काइसौं शताव्दीदेखि सोह्रौं शताव्दीसम्म पाँच सय वर्ष शासन गरेको थियो। सो वंशको केन्द्रीय शासन क्षेत्र हालको पल्लो शान सी प्रान्तको दक्षिणी भाग र ह नान प्रान्तको पश्चिमी भाग थियो।

चीनका बहादुर ता युले स्या वंशको स्थापना गरेका थिए। उनले व्हांग ह नदीमा लामो समयसम्म देखिएको बाढी प्रकोपको सफलतापूर्वक नियन्त्रण गरेका कारण जनताको समर्थन पाएर स्या वंशको स्थापना गरेका थिए। स्या वंशको स्थापनादेखि चिनियाँ समाजले आदिम समाजबाट भूदाश समाजमा प्रवेश गरेको थियो। चीनले आदिम समाजबाट भूदास समाजमा प्रवेश गरेको थियो।

स्या वंशको अन्तमा राज-परिवारमा निकै गोलमाल हुनुका साथै समाजका विभिन्न तहहरु बीचको वादविवाद पनि दिनप्रति दिन चर्कंदैगएको थियो। स्या वंशको अन्तिम सम्राट स्या चेले आफू सत्तामा आएपछि सामाजिक सुधारका बारेमा विचारै नगरी आफ्नो शासन अधिकारको दुरुपयोग गरेका थिए। उनले दिनभरि आफूलाई मनपर्ने रानीसँग बसेर खाने र खेल्ने मात्र गरेका थिए। सर्वसाधारणको जीवनप्रति उनले कुनै पनि महत्व दिएनन। उनलाई राम्रो सुझाव दिने मन्त्रीहरुलाई उनले मारिदिए। त्यसैले स्या वंश अन्तर्गतका विभिन्न राज्यहरुले उनको समर्थन गरेनन्। यस्तो अवस्थामा शांग राज्यले विप्लव गरी सम्राट स्या चेको सेनालाई पराजित गर्‍यो। स्या चे त्यहाँबाट भागेर नान छाउ भन्ने ठाउँमा गए र त्यही मरे। यसरी स्या वंश नष्ट भयो।

सन् 1959 देखि चीनको पूरातात्विक वस्तुको सर्भेक्षण क्षेत्रले स्या वंशको पूरानो स्थलको सर्भेक्षण गरी स्या वंशको सँस्कृतिको अनुसन्धान शुरु गरेको थियो। हाल ह नान प्रान्तको र लि थौ पूरानो स्थल भन्ने नाम पाएको र लि थौ सँस्कृति नै स्या वंशको सँस्कृतिको सर्भेक्षणको मुख्य बिषय रहेको अधिकांश विद्बानहरुको ठहर छ। सम्बन्धित निरीक्षण अनुसार यो सँस्कृति इशापूर्व एक हजार नौ सय वर्ष जति पूरानो छ र यो अवधि स्या वंशको अवधि थियो। यो स्या वंशको सँस्कृति भएको भन्ने प्रत्यक्ष प्रमाण त हालसम्म फेला परेको छैन। तर सर्भेक्षणका आधारमा प्राप्त विविध सामग्रीहरुले स्या वंशको सँस्कृतिको सर्भेक्षण कार्यलाई अघि बढाउन सशक्त सहयोग पुर्‍याउका छन।

र लि थौ पूरानो साँस्कृतिक स्थलमा उत्खनन गरी फेला पारिएका साधनहरुमा मुख्यतया ढुंगाबाट बनाइएका साधन छन। तिनताका श्रमिकहरुले ती आदिम साधनको प्रयोग गरी खेतीपाती गर्ने गरेका थिए।

स्या वंशको सँस्कृतिमा महत्व दिनुपर्ने कुरा त्यसको पात्रो हो। प्राप्त सामग्री अनुसार, स्या वंशकालमा ताराको स्थानान्तरणका आधारमा पात्रोको तर्जुमा गरिएको थियो। यो नै चीनको सबैभन्दा पूरानो पात्रो हो। यसबाट स्या वंशको कृषि उत्पादनको विकासको स्तर प्रतिबिम्बित हुनुका साथै चीनको सबैभन्दा आदिम अमूल्य विज्ञान पनि सुरक्षित थियो भन्ने कुराको अनुमान गर्नसकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै