Comments Add Comment

Advertisment

SKIP THIS

११ जना एसपीको काज सरुवा : सात जिल्लाका एसपी फेरिए,को-कहाँ पुगे ?

प्रधान कार्यालयको मानव स्रोत विकास विभागले प्रकाशित गरेको सूचनाअनुसार विभिन्न ११ जना एसपीको काज सरुवा गरेको हो । सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ । बस्नेत प्रहरी प्रधान कार्यालयका प्रबन्ध शाखामा कार्यरत थिए । रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।

भक्तपुरमा कार्यरत शिवकुमार श्रेष्ठलाई अख्तियारमा सरुवा गरिएको छ । कार्य विभागमा कार्यरत अनुपम शम्शेर जबरा इन्टरपोल शाखामा सरुवा भएका छन् । सिआइबीमा कार्यरत विश्व अधिकारी युएन शाखामा सरुवा भएका छन् । युएन शाखाबाट गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै