Comments Add Comment

Advertisment

SKIP THIS

क्यालिफोर्नियाको जंगलमा डढेलो : ६ हजार विस्थापित

१० साउन , काठमाडौं । क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलँदै छ । यसबाट हजारौँ मानिस विस्थापित भएका छन् ।

वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर)का अनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । डढेलो सोमबारसम्ममा ५ हजार ७ सय ५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको छ ।

क्याल फायरको रिपोर्टअनुसार अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको छ । डढेलोले करिब १५ भौतिक संरचनामा पूर्णतया क्षति पुर्याएको छ हजारौं मानिस जोखिममा परेका छन् ।

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शनिबार मारिपोसा काउन्टीमा ‘नागरिक र सम्पत्तिको सुरक्षाको लागि अत्यधिक खतराको अवस्था’ रहेको भन्दै उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरे ।

हालैका वर्षमा, क्यालिफोर्निया र पश्चिमी संयुक्त राज्य अमेरिकाका अन्य भागमा पछिल्ला वर्षमा देखिएको लामो खडेरी र उष्ण जलवायुले गर्दा ठूला डढेलोको जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै