Comments Add Comment

Advertisment

SKIP THIS

हृदयाघातका कारण कुवेतमा एक नेपालीको मृत्यु

१० साउन , काठमाडौं । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा – १ पिपरा कपिलवस्तुका विशाल कुँवर रहेका छन् । उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

कुवेतको मामा मावाहेब रेस्टुरेन्ट कार्यरत रहेका उनी पछिल्लो समय त्यो रेस्टुरेन्ट छोडेर गैरकानुनी रूपमा अन्य कुनै एक कम्पनीमा काम गर्दै आइरहेको अवस्थामा उनको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतकको प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भइसकेको जनाएको छ। पोस्टमार्टम रिपोर्टमा हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट दूतावासले प्राप्त गरेको जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव स्वदेश पठाइने दूतावासले जनाएको छ । मृतकको परिवारलाई सम्पर्कमा आउन समेत दूतावासले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै