Comments Add Comment

Advertisment

SKIP THIS

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?

१६ साउन , काठमाडौं । भारतले पेट्रोलियम पदार्थको भाउ घटाएर पठाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले सोमबार पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटाइएको छ ।

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले यहाँ घटाएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ ।

योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ ।

यद्यपि डिजलमा भने प्रतिलिटर १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै