Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से २.८१ अंकले घट्यो , तीन अर्बको कारोबार

१७ साउन , काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज झिनो अंकले घटेको छ ।

आज नेप्से २.८१ अंकले घटेर दुई हजार एक सय ९३ दशमलब ४३ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज कारोबार रकममा गिरावट आएको छ । आज नेप्सेमा तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ८२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपार डेभलपमेन्ट कम्पनी, साम्लिङ पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २९ करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै