Comments Add Comment

Advertisment

SKIP THIS

देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : मन्त्री दिलेन्द्रप्रसाद बडू

२१ साउन , काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयको आज उद्घाटन गर्दै मन्त्री बडूले देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए ।

उनले दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगो सरकार गम्भीर रहेको बताए । २०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएको बताउँदै मन्त्री बडूले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्न समेत महत्वपूर्ण टेवा पुग्ने बताए ।

उनले साविक ५ स्थानमा डिपो र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपो स्थापना गरिएको जानकारी दिए । यसैगरी उनले दार्चुला र भारतलाई जोड्न महाकाली नदीमा मोटरेबल पुल बनाउन टेन्डर आह्वान भइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै