Comments Add Comment

Advertisment

SKIP THIS

तीजको दिन नेपालीहरुलाई खुशी

२५ भाद्र काठमाडौ । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार दशरथ रंगशालाामा डेब्यू म्याच खेल्दै मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २-१ ले हरायो ।

दुई डेब्यूटान्ट खेलाडी सबिता राना मगर र प्रिती राईले डेब्यू गोल गर्दै तीजको दिन नेपालीहरुलाई खुशी दिलाए । तर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु हुनुअघि भएको एउटा घटना भने चर्चाको विषय बन्यो ।

नेपालले राष्ट्रिय गानको समयमा मैदानमा ११ खेलाडीको सट्टा १२ खेलाडीलाई उतारेको थियो । सुरुमा बंगलादेशको राष्ट्रिय गान बज्यो । त्यसपछि नेपालको राष्ट्रिय गानको धुन बज्यो । त्यो सकिएपछि नेपाली टिमकी एक सदस्य पुनम जर्घा मगर टिमलाई छाड्द मैदान बाहिरिइन् ।

खासमा टिम लिस्टमा उनी प्लेइङ सेटमा थिइनन् । उनलाई ‘एन’ अर्थान नन प्लेइङमा राखिएको थियो । नेपालका लागि यसअघि नियमित खेल्दै आएकी पुनमले बिहीबार बंगलादेशविरुद्ध खेल्न पाइनन् ।

खासमा यो भुलवश वा गल्तीले गर्दा भएको होइन । पुनमको स्वास्थ्य अवस्थाका कारण उनले फेरि खेल्ने वा नखेल्ने नै अनिश्चित रहेको अवस्थामा सम्मानका लागि राष्ट्रिय गानको समयमा मैदान प्रवेश गराइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै