२६ भाद्र काठमाडौ । शनिबार बिहान प्रहरीको संखुवासभा सामूहिक ह,त्याका,ण्डका आरोपीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । पक्राउ परेपछि प्रहरीले उनको बयान लिएको छ। ह,त्यारा कार्की परिवारका छिमेकी युवक हुन्। उनले खेताला बोलाउन हिँडेका ५२ वर्षीय तेजबहादुर कार्कीलाई शुरुमा सिध्याएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृ,तक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए। तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको ह,त्या भएको खुलेको छ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन्।
कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जानकारी दिएको छ। यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
प्रहरीले लोकबहादुरको घरमा र,गत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको ह,ति,यार बरामद भएको प्रहरी बताउँछ।
पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृ,तक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे। एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन्। गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो। उपचारका क्रममा मृ,त्यु भयो।
आमाको मृ,त्युमा पनि तेजबहादुरको हात रहेको उनको बुझाइ रहेछ।






