Comments Add Comment

Advertisment

SKIP THIS

प्रतिनिधिसभामा एमाले सांसदहरुको फेरि नाराबाजी : छलफल टुंगोमा पुगेन

२७ भाद्र काठमाडौ । सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आइतबार दोस्रो पटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध थरेका छन् ।

उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । पार्टी फुटाउने षडयन्त्र मुर्दाबादको नारा लगाउँदै उनीहरुले नाराबाजी गरिरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ ।

एमालेले बैठक लगातार अवरोध गरेपछि आइतबार सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । सो छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । तर, सो छलफलमा निस्कर्ष ननिस्केपछि एमालेले बैठक अवरोध जारी राखेको हो ।

आइतबार पहिलो पटक बसेको बैठकमा एमालेको अवरोधपछि सभामुखले केही समय बैठक स्थगित गरेर एमालेसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै