Comments Add Comment

Advertisment

SKIP THIS

इटहरीमा २ दिने तिज मेला लाग्ने

३ भदौ , काठमाडौं । तिजकाे अवसर पारेर इटहरीमा २ दिने मेला लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरिको आयोजनामा २०७९ भाद्र ६ र ७ गते इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा २ दिने मेला लाग्ने भएको हो । महिला दिदीबहिनिहरुले उत्पादन गरेका लघु घरेलु तथा साना उद्योगहरूको उत्पादनलाई उपभोक्ता समक्ष पराउने उद्देश्यका साथ सो मेलाको आयोजना गर्न लागिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीकी कार्यवाहक अध्यक्ष कल्पना कार्कीले बताइन् ।

मेलामा श्रंगार, बुटिक/माला , जातीय खानाको परिकार, कस्मेटिक, कुसन, गुडिया, सजावट, खाद्यान्न, शैक्षिक परामर्श, हस्तकला, ढाका कपडा, जुत्ता चप्पल लगायतका उत्पादनहरू सँग सम्बन्धित स्टलहरू रहने छन् । मेलाका दुवै दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने कार्कीले बताइन् । मेलामा साङ्गीतिक प्रस्तुति समेत रहनेछ । महिला उद्यमीहरूको स्टललाई विशेष प्राथमिकता दिइएको बत्ताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै