Comments Add Comment

Advertisment

SKIP THIS

ग्लोबल आइएमई बैंकको तिज क्यासब्याक योजना

१३ भदौ , काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तिजको अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना ल्याएको छ । बैंकले भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म एकपटक क्यासब्याक पाउने योजना ल्याएको हो ।

बैंकले क्यासब्याक योजनालाई तिज विशेष बनाउन महिलालाई ग्राह्यता दिने जनाएको छ । बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरूले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्युआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउने जनाइएको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको जनाइएको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा कुल दुई सय ८९ शाखा, दुई सय ७२ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment