Comments Add Comment

Advertisment

SKIP THIS

छोराले आँगनबाट धकेल्दा बुबाको मृत्यु

१३ भदौ , काठमाडौ । आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दीपक पुन छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै