Comments Add Comment

Advertisment

SKIP THIS

सुर्खेतमा ग्याङफाइट : १ जनाको मृत्यु

१५ भाद्र , काठमाडौं । वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला पटानटोलमा २ समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच ग्याङफाइट भएको हो । सो क्रममा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

‘स्थानीयसँग सोधपुछ गर्दा २ समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment