Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीले ७४ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ

मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट शनिबार ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीया चन्द्रकुमारी श्रेष्ठ छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५च १९४२ नम्बरको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट ३१ हजार रुपैयाँ पनि बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै