Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक नियम नमान्ने ३४ सय ९६ जना चालकमाथि कारवाही

२३ भदौ , काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४९६ जना चालकलाई बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी चालक रहेका छन् ।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लङ्घन गर्ने १११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै