Comments Add Comment

Advertisment

SKIP THIS

एक्सनमा उत्रिए उपत्यका ट्रफिक प्रहरी : एकै दिनमा “हर्न” बजाउने पाच सय सवारीसाधन कारबाही

३१ भदौ , काठमाडौ । शहरको बातावरण शान्त राख्न ट्राफिक प्रहरीले ‘हर्न निषेध’ कार्यक्रम गरेको छ ।

जथाभावी हर्न बजाएर कोलाहल मच्चाउनेलाई ट्राफिक प्रहरीले आज मात्र ठुला(साना सवारीसाधन गरेर पाँच सयलाई कारवाहीको दायरामा ल्यायकको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

एसएसपी जनक भट्टराईका अनुसार उपत्यकामा पछिल्ला दिनहरुमा हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले ट्राफिक प्रहरीले ‘हर्न निषेध’ अभियान सुरु गरेको बताए ।

बातावरण बिग्रन नदिन उपत्यका ट्राफिक प्रहरीले संचालन गरेको ‘नो हर्न अभियान’ प्रभावकारी बन्दै गएको छ । शहरको बातावरण शान्त राख्न ट्राफिक प्रहरीले ‘हर्न निषेध’ कार्यक्रम ल्याएको हो । ट्राफिक प्रहरीको यो कामको बुद्धिजीवी वर्गमा निकै प्रशंसनीय बनेको छ । जथाभावी हर्न बजाएर कोलाहल मच्चाउनेलाई अब भने ट्राफिक प्रहरीले कारवाहीको दायरामा ल्याउने भएको छ ।

पछिल्लो डेढ महिना अभियान चलाएको प्रहरीले अब भने जरिवाना तोक्ने नियम लागु गर्देछ । ‘केहि दिनभित्रै हर्न बजाउनेलाई कारवाहीको दायरामा ल्याउन जरिवाना शुल्क तोक्दैछौं,’ उपत्यका ट्राफिक प्रमुख जनक भट्टराईले भने,‘अहिलेसम्म अभियान चलायौं, अब भने जरिवाना शुरु गरेका छौ।’ हर्न निषेधको यो अभियानमा सबै नागरिकको हातेमालो आबस्यक रहेको उनले अनुरोध गरे । ०७४ सालमा ५ सयदेखि १५ सयसम्म जरिवाना तोकिएको थियो । यसपाली केहि परिमार्जन भएपनि जरिवानालाई व्यबहारिक बनाएर लागु गरिने प्रमुख भट्टराईले जानकारी दिए ।

नेपालमा पहिलो पटक ०७४ साल बैशाख १ गतेदेखि हर्न निषेध कार्यक्रम लागु भएको थियो । शुरुका दिनमा निकै कडाई भएपनि बिस्तारै नियम उल्लंघन गर्नेहरु बढ्दै गए ।  अहिले उपत्यका ट्राफिक प्रहरीले यो कार्यक्रम लागु गर्न निकै मिहिनेत गरेको छ । यसमा स्वंय उपत्यका ट्राफिक प्रमख एसएसपी जनक भट्टराई कस्सिएर खटिएका छन् ।

उनको यो कामप्रति बातावरणप्रेमीदेखि सचेत नागरिकहरु निकै राम्रो काम भएको संज्ञा दिन्छन् । अब ट्राफिक प्रहरीले बर्गिकरणका आधारमा जरिवाना लागु गर्ने तयारी गर्देछ । ०७४ सालमा ५ सयदेखि १५ सयसम्म जरिवाना तोकिएको थियो । यसपाली केहि परिमार्जन भएपनि जरिवानालाई व्यबहारिक बनाएर लागु गरिने प्रमुख भट्टराईले न्युज२४ग्यालेक्सीलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment