Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले राख्यो हुम्लाका स्थानीय तहमा सुझाव संकलन पेटिका

३१ भदौ , काठमाडौ । जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना मातहतमा रहेका प्रहरी चौकीमा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा उजुरी तथा गुनासो पेटिका राखेको छ ।

सातवटा गाउँपालिका रहेको जिल्लामा १७ वटा प्रहरी चौकीका कार्यालय छन् । गाउँपालिका केन्द्र तथा वडा कार्यालयमा सम्बन्धित गाउँपालिकामा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।

नागरिकहरूबाट प्रहरी कर्मचारीहरूसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन जिल्लाका सातवटै स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको याल्वाङम प्रहरीको प्रहरीको चौकीबाहेक अन्य गाउँपालिकामा वडा तथा गाउँपालिका केन्द्रका साथै नागरिक र प्रहरीको पहुँच पुग्ने स्थानमा गुनासो तथा सुझाव पेटिका राखिएको प्रहरी प्रमुख शर्माले न्युज२४ग्यालेक्सीलाई जानकारी दिए ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा राखिएको उक्त पेटिका हप्ताको एक दिन सम्बन्धीत गाउँपालिकाका जनप्रतिनिधिको रोबहरमा र सदरमुकामबाहिर रहेका पालिकामा तथा वडामा राखिएका पेटिका प्रत्येक महिनाको १५ गते सम्बन्धित पालिकाका प्रतिनिधि तथा प्रहरी चौकीका प्रहरीको संयुक्त रोहबरमा पेटिकामा रहेका पत्रहरू खोलिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment