Comments Add Comment

Advertisment

SKIP THIS

गठबन्धनमा टुङ्गिएन सिट बाँडफाँट, फेरि भोलि शीर्ष नेताको बैठक बस्ने

२६ भाद्र , काठमाडौँ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुङ्ग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन सकेन ।

आइतबार नटुङ्गिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुङ्गो नलागेको जानकारी दिएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए ।

सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै