Comments Add Comment

Advertisment

SKIP THIS

रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा

२६ भाद्र , काठमाडौँ । जिल्लाको दिङ्लाका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोतका रुपमा रुद्राक्षलाई लिइन्छ । रुद्राक्षको मूल्यमा गिरावट आउनुमा यसको उत्पादन राम्रो बनाउन पछिल्लो समयमा औषधिको प्रयोग गर्नाले पनि मूल्यमा कमी आएको व्यवसायी सुजन राईको भनाइ छ । किसानले जेठ, असारमा रुद्राक्षको बोटमा औषधिको प्रयोग गर्ने गरेका छन् ।

रुद्राक्षको मुखदार दानाको मूल्य रु १० हजारदेखि रु ४० लाखसम्म पर्ने व्यवसायी राईको भनाइ छ । आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार भनिन्छ ।
वबजारमा सबै बढी २१ मुखे दानाको माग रहेको छ । २१ मुखे दाना आकारको आधारमा अहिले पनि रु सात लाखदेखि रु ४० लाखसम्ममा बिक्री हुने गरेको छ । रुद्राक्षमा हुने सबै गुण २१ मुखे दानामा हुने मान्यता रहेकाले यसको माग धेरै रहेको व्यवसायी राईले जानकारी दिए ।

यस्तो दाना कहिलेकाहीँ मात्र फल्ने गर्दछ । राम्रो आकार भएको पाँच र छ मुखे दाना प्रतिकेजी रु दुई लाखसम्ममा बिक्री हुने गरेको उनी बताउछन् । रुद्राक्षको मूल्य मुख, तौल तथा आकारका आधारमा निर्धारण हुने गर्दछ ।

यस क्षेत्रका एक जना किसानले ३० देखि पाँच सयसम्म रुद्राक्षका बिरुवा रोपेर व्यावसायिक खेती गर्दै आएका छन् । यहाँको स्थानीयको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो । सामान्यतः विगतका वर्षमा दुईमुखे दानालाई रु २० हजारदेखि ३० हजार, तीनमुखे रु तीन सयदेखि पाँच सयसम्म, पाँचमुखे रु ४० देखि एक सयसम्म, सातमुखे रु पाँच सयदेखि एक हजारसम्ममा किनबेच भए पनि अहिले मूल्यमा गिरावट आएको व्यापारी बताउँछन् ।

त्यस्तै आठमुखे रु एक हजारदेखि तीन हजारसम्म, नौ, १० र ११ मुखे रु पाँच हजारदेखि दश हजारसम्म र बाह्रमुखे रु सात हजारदेखि बाह्र हजारसम्म बिक्री हुँदै आएको थियो ।

तेह्रमुखे रु दश हजारदेखि १५ हजारसम्म र १४ मुखे रु १० हजारदेखि दुईलाखसम्म बिक्री हुने गरेको थियो । अहिले १४ मुखे दानाको मूल्य रु आठदेखि दश हजारमा मात्र रहेको छ । अहिले मुखदारबाहेकका अन्य रुद्राक्ष अत्यन्तै कम मूल्यमा बिक्री भएको व्यवसायीले बताउने गरेका छन् ।

रुद्राक्षको बिक्रीमा विगतको तुलनामा ५० देखि ६० प्रतिशत मूल्यमा गिरावट आएको रुद्राक्ष व्यवसायी सङ्घ केन्द्रीय सचिव उत्तम कटुवालले जानकारी दिए । मूल्यमा गिरावट आएसँगै रुद्राक्षको व्यावसायिक कारोबार गरिरहेका व्यवसायी मारमा परेको कटुवालको भनाइ छ । मूल्य घटेपछि विगतका वर्षमा सङ्कलन गरिएको रुद्राक्ष भण्डारण गरेर राख्नुपर्ने बाध्यता रहेको समेत कटुवालले बताए ।

कोभिड महामारीका कारण चिनियाँ व्यापारी रुद्राक्ष किन्न आउन छोडेपछि बिक्रीमा गिरावट आएको स्थानीय रुद्राक्ष व्यवसायी राईले जानकारी दिए । विगतमा प्राकृतिकरुपमा (औषधि प्रयोग नगरी) उत्पादन भएका रुद्राक्षका बोटमा कमै मात्र भए पनि गुणस्तरीय मुखदार दाना फल्ने राम्रो मूल्यमा बिक्री हुने गरेको थियो । औषधिको प्रयोगले उत्पादनमा वृद्धि भए पनि मूल्यमा भने कमी आएको राईको भनाइ छ । औषधिको प्रयोगले किसानको लागत भने बढाएको छ ।

एकपटक औषधि प्रयोग गर्दा एउटा रुखका लागि रु १० देखि १२ हजारसम्म खर्च हुने गरेको छ । औषधिको प्रयोग नगरेको दाना बिक्री नहुने भएकाले किसानले अनिवार्यरुपमा औषधि प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

‘औषधि प्रयोग नगरेको दाना बिक्री नै हुन्न’, व्यवसायी राईले भने, ‘औषधि प्रयोगले उत्पादन लागतसँगे उत्पादन बढाएको छ तर मूल्य घटेको छ ।’ निकासी गर्दा पनि कर तिरेर लैजाँदा बाटोमा धेरै झन्झट हुने उनीहरुको गुनासो छ । नगरपालिकालाई प्रतिकेजी रु एक र मुखदार दानाको रु पाँच हजार निकासी कर तिर्दै आएको व्यापारी बताउँछन् ।

रुद्राक्षलाई सहजरुपमा बिक्री वितरण गर्ने वातावरण बनाउन आवश्यक रहेको व्यवसायी राईले बताए । यसलाई नगदेबालीका रुपमा बिक्री गर्न पाउनुपर्ने उनको भनाइ छ । मुखदारबाहेक अन्य दानाको मूल्य धेरै घटेको व्यवसायी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment