३० भाद्र , काठमाडौँ । मानुषी यामि भट्टराई नेपालमा पूर्व प्रधानमन्त्री तथा माओवादी जनयुद्धका नेता डा. बाबुराम भट्टराई र हिसिला यामीकी छोरी हुन् । बुबाआमाको नामले भन्दा पनि यतिबेला मानुषी आफ्नै नामले परिचित छिन् ।
नेपाली राजनीतिमा पृथक धार बोकेर डा. बाबुराम भट्टराई आफ्नो क्यायिरलाई नै छाडेर राजनीतिमा होमिएका नेता हुन् । उनी दलित, जनजाती, पिछडिएको वर्ग र सर्वाहारा वर्गको मुद्दा लिएर नेपाली राजनीतिमा प्रवेश गरेका नेता हुन् । सफल प्रधानमन्त्री र सफल अर्थमन्त्रीको रुपमा चिनिने नेता पनि हुन् ।
यतिबेला डा. बाबुराम भट्टराईकी छोरी मानुषी यामि भट्टराई पनि नेपाली राजनीतिमा प्रवेश गर्न तयारीमा छिन् । काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने खबर चर्चामा छ ।
उनी विद्यार्थी राजनीतिमा निकै सक्रिय नेतृ हुन् । त्रिवि केन्द्रिय क्याम्पसकी स्ववियु सचिवको जिम्मेवारी कुशल तरिकाले सम्पादन गरेर आएकी एक साहसी नेतृ हुन् । उनी राजनीतिशास्त्रकी गोल्डमेडलिस्ट पनि हुन् ।
उनी यतिबेला नेपाल समाजवादी पार्टीको नेता छिन् । उनी तिर अहिले सबैको ध्यान छ । पूर्व प्रधानमन्त्रीकी छोरी भएर मात्रै होइन उनीले समाजलाई मार्गदर्शन दिन सक्ने व्यक्ति भएको कारणले नेपाली जनताको ध्यान यतैतिर खिचिएको छ ।
अन्तरर्वाताहरुमा आफ्नो ऐजेण्डाहरु राख्दा नेपाली जनताहरुले मन पराएका छन् । अझ युवावर्गका त झन् छुट्टै उत्साह छाएको छ ।
मानुषी यामि भट्टराईलाई यदिबेला नियाल्दा यूवा अवस्थाका डा. बाबुराम भट्टराई जस्तै देखिएकी छिन् । केही गर्ने जोस, समाज परिवर्तन गर्ने हुटहुटी र नेपाललाई समृद्धि बनाउने साहस बाकेर नेपाली केन्द्रिय राजनीतिमा होमिन खाज्दै छिन् ।
यतिबेला युवा वर्गको नयाँ नेतृत्वमा मानुषी यामि भट्टराई स्थापित हुन खाज्दै छिन् । यसो हेर्दा डा. बाबुराम भट्टराईको यूवा अवस्थाको झझल्को दिने मानुषी यामि भट्टराईलाई यस प्रतिनिधि सभाको निर्वाचनमा जनताले कति साथ दिन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ ।


