३१ भाद्र , काठमाडौँ । भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएको छ । भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मुद्दाहरूमाथि अनुसन्धान थालिएको र अधिकांशमा कारबाही प्रक्रिया पनि अघि बढाएको बताएको छ ।
भियतनामको समाचार समितिले बिहीबार यहाँको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टाचारजन्य मुद्दाहरूको अनुसन्धान थालेको जनाएको समाचारमा उल्लेख गरेको छ ।
सरकारले भ्रष्टाचारजन्य अपराधको अनुसन्धान र कारबाहीलाई अभियानका रुपमा अघि सारेको छ । सोही बमोजिम सो निकायले काम सुरु गरेको र यस वर्षमात्र यी मुद्दाहरूमाथि अनुसन्धान र कारबाही थालिएको सो समाचार समितिले जनाएको हो ।
यहाँ भ्रष्टाचारजन्य क्रियाकलापहरुमा निकै बढोत्तरी भएको गुनासोका आधारमा सरकारले यो अभियान सुरु गरेको हो । यसवर्ष यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइने सरकारले जनाएको छ । यो अभियानबाट भ्रष्टाचारजन्य क्रियाकलापहरुमा संलग्न भएका कैयौँ व्यक्तिमाथि कारबाही हुनुका साथै ठूलो रकम राजस्वका रुपमा प्राप्त हुने पनि बताइएको छ ।


