Comments Add Comment

Advertisment

SKIP THIS

गृहसचिव विनोद प्रकाश सिंहले आज गृह मन्त्रालयमा पदभार ग्रहण गरे

काठमाडौं । सचिव विनोद प्रकाश सिंहले गृह मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । गत साता सरकारले उनलाई गृहमा सरुवा गरेको थियो ।

त्यस्तै, गृहमा कार्यरत टेकनारायण पाण्डेलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । यसअघि उनको प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । उता, उपराष्ट्रपति कार्यालयमा कार्यरत हरिप्रसाद मैनालीलाई महालेखा नियन्त्रकका रुपमा सरुवा गरिएको छ ।                                                                         

गत साता सरकारले गृह, बाणिज्य तथा अख्तियारका सचिवको सरुवा गरेको थियो । अख्तियारमा कार्यरत तोयम रायलाई बाणिज्य मन्त्रालय तथा बाणिज्यका डा.रामप्रसाद घिमिरेलाई अख्तियारमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै