Comments Add Comment

Advertisment

SKIP THIS

चीनमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

३ आश्विन , काठमाडौं । चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार दक्षिण-पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको हो । दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो । दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ ।

उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन् । चीनमा कोरोना संक्रमितमध्ये यो संख्या ७० प्रतिशत हो । चीनको कोभिड नीतिबारे अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment